
काठमाडौं, २० कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पछिल्लो ३ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्बबाट बढेर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १३ अर्ब पुगेको छ। कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ विन्दुमा पुगेको छ।
बैंकको बेस रेट ९.६७ प्रतिशतबाट ८.१२ प्रतिशतमा झरेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



