प्रि-ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ फागुन । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार नेप्से परिसूचक ५०.०४ अंक बढेर २००२.७० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने यो परिसूचक ५.५६ अंक बढेर २००८.२६ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.३४ अंकको बढोत्तरी भएको छ।

आज आइतबारको प्रि-ओपन सेसनमा २५ वटा स्टकको ८ लाख २७ हजार ९६० रुपैयाँ बराबरको २ हजार १६० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १९ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ।