पहिलो दिन सेयर बजार राताम्मै, १ अर्ब ६६ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा भईरहेको गिरावटको अवश्थाले लगानीकर्ताको उत्साह घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको छ । नेप्सेमा १.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.६० अंकले घटेर ३७३.९० विन्दुमा रहेको छ ।

यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ७२ हजार १४० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ ।

काराेबारकाे पहिलो दिन आईतबार १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९४३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी सुगम पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले घटेको छ ।