
काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले वृद्धि भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनमा पनि ६ सय रुपैयाँले नै बढेर आज तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीमा १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




