यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ । स्पीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८६ रुपैयाँ १९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७० पैसा रहेको छ ।