सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्न लागेकाे छ । कम्पनीले चैत ८ गतेदेखि साे सेयर निष्काशन गर्न लागेकाे हाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा जनता तथा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।

जारी पूँजी रु १ अर्ब १२ करोडकाे ९ प्रतिशतले हुने रु ४३ करोड ६८ लाख बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर रहेकाेमा ४ लाख ३६ हजार ८०० कित्ता विदेशमा रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारणले बाँकी ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइने। यसका लागि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।