सानिमा मिडिल तमोर हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ ।

जारी पूँजी रु ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने रु ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर छुट्याइएको थियो। ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि रहेकाे छ ।

२ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड भइसकेकाे छ। बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सबै सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा हरुबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।