प्रि-ओपन सेसनमा १ अंकले घट्यो नेप्से

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से परिसूचक ०.८० अंक घटेर १९५०.४१ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.४३ अंकले गिरावट आएको छ ।

आज मंगलबारको प्रि-ओपन सेसनमा १२ वटा स्टकको ६० हजार ५३६ रुपैयाँ बराबरको २१० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।