काठमाडौं, ३० फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा झिनो आशाको संकेत देखिएको छ । निरन्तर ओरालो लाग्दै आएको बजारको परिदृश्यले लगानीकर्तालाई अर्को बाटो रोज्ने वा पर्ख र हेरको रणभूल्लमा पारिरहेको छ ।
बजार नकारात्मक भईरहने, व्यवस्थित राजनीतिक यात्रा शुरु नभईसकेको र लगानीकर्ताहरु नियामक निकाय, सरकारबाट आश्वस्त नभईरहेको बेलामा बजारको सकारात्मक गतिले कहिलेबाट निरन्तरता पाउने हो यो भविष्यको गर्भमै छ ।
यद्यपी वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु बजार सुधारको पक्षमा रहिरहेको बताउदै आएका छन् । उनको पछिल्लो अभिव्यक्ति पनि यसै आशयको रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंकले घटेर ३६८.३२ विन्दुमा रहेको छ ।
यसदिन कुल २५५ कम्पनीको सेयर कारोबार भएको छ । उनिहरुको ३३ लाख १८ हजार १०८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३५७ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ८ वटामा हरियो लागेको छ । उनिहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ४८ लाख २४ हजार १२५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईसी एशिया ब्यालेन्स्ड फण्डको सेयरमूल्य घटेको । फण्डको सेयरमूल्य ५.६४ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




