यी तीन लघुवित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ चैत । नेपाल स्टक एक्सचेञ्जले बुधबार तीनवटा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएकाे जनाएकाे छ । सेयरमूल्य समायाेजन भएका वित्तीय संस्थाहरुमा आरएमडीसी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्तीय वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त रहेका छन्।

तीनवटै संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेका छन् । याेसंगै नेप्सेले उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरेकाे हाे ।

आरएमडीसी लघुवित्त

आरएमडीसी लघुवित्तको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टकाे ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हो। सेयरमूल्य समायोजन गरिएपछि आरएमडीसीकाे सेयरमूल्य ७३८ रुपैयाँ २५ पैसा, समता घरेलुको ६३९ रुपैयाँ ५७ पैसा र मनकामना स्मार्टको ७२५ रुपैयाँ ५४ पैसा ताेकिएकाे छ।

आरएमडीसी लघुवित्तले चैतकाे १० गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा पूर्वान्ह ११ बजे २४औ साधारण सभा डाकेको छ। सभाबाट २६ प्रतिशत बोनस सेयर र करकाे प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद लाभांशसहित २७.३६८४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । साथै सभाले साना किसान विकाससंग मर्जरकाे लागि १ः०.८७ काे स्वाप रेसियाेलाइ स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

समता घरेलु लघुवित्त

समता घरेलु लघुवित्तकाे नवौँ वार्षिक साधारण सभा चैतकाे ११ गते हिमालयन दृश्य रिर्सोट, धुलिखेलमा बाेलाइएकाे छ । सभा पूर्वान्ह साढे ११ बजे हुरु हुनेछ। सभाले १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित १८ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे छ। यस्तै स्वरोजगार लघुवित्तसँग हुने मर्जरसम्बन्धि प्रस्ताव पारित हुनेछ।

मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाकाे पाँचौ साधारण सभा चैत १६ गते होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा डाकिएकाे छ । सभाबाट ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ। यसमा ४.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश रहेकाे छ।