बुधबारको प्रि-ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ चैत । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार यो परिसूचक १.८५ अंक बढेर १९५३.०६ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से ०.८९ अंक बढेर १९५३.९६ विन्दुमा पुगेको छ । सोही सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३५ अंकले वृद्धि भएको छ।

आज बुधबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १ लाख ४८ हजार ६३७ रुपैयाँ बराबरको ४१९ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।