यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले बिहिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा बिक्रीदर १३२.४६ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ ।

बिहिबारको मूल्यसूची यहाँ छ