डीडीसीले बढायाे दूधकाे मूल्य, कति पर्छ लिटरकाे ?

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । दूग्ध विकास संस्थान (डीडीसी)ले बिहीबार आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानका अनुसार क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्यमा १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ भएकाे छ ।

स्टान्डर्ड निलो प्याकेट दूधकाे मूल्य ११ रुपैयाँ बढेर लिटरकाे ९७ रुपैयाँ पुगेकाे छ ।

संस्थानले गाईको दूधको मूल्यमा १४ रुपैयाँ बढाएकाे छ । यसरी बढेर प्रतिलिटर ११६ रुपैयाँ पुगेकाे छ । संस्थानले चिया दूधको मूल्यमा १० रुपैयाँ बढाएर लिटरकाे ९० रुपैयाँ बनाएकाे छ ।