प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा फेरबदल भएको छैन । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार यो परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्सेमा कुनै घटबढ नभई स्थिर रहेको पाइएको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि स्थिर अवस्थामा नै रहेको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा १० वटा स्टकको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।