
काठमाडौं, २१ कात्तिक । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यस बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
बैंकले असोज मसान्तसम्ममा २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५ करोड ७४ लाख ७ हजार रुपैयाँ कम हो । गत आवको असोज मसान्तसम्ममा बैंकले ३० करोड ६९ लाख ४२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा भने २ करोड १२ लाख ३८ हजार रुपैयाँ बढेर १५ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ। गत आवको असोज मसान्तसम्ममा ५ करोड २८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज २ करोड ४२ लाख रुपैयाँमा सीमित भएसँगै अन्य सञ्चालन आम्दानी ४ करोड ४५ लाख रुपैयाँ बढेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



