लगानीकर्ताहरुले आज नेपाल स्टक एक्चेन्ज घेराउ गर्दै

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । सेयर लगानीकर्ताहरुले आज नेपाल स्टक एक्चेन्जमा घेराउ गर्दैछन् । उनीहले ५८ बुँदे माग पुरा गराउन दबाव दिनका लागि नेप्सेमा घेराउ गर्न लागेका हुन्।

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालासहितकाे टाेलीले बिहीबार संघर्षका बारेमा जानकारी गराउन नेप्सेमा गएकाे थियाे।

यसअघि पुँजीबजार सुधारकाे माग गर्दै लगानीकर्ताहरुका विभिन्न संगठनहरुले आन्दाेलन गर्दै आएका थिए भने काेइराला पटक पटक अनसन बस्दै आएका थिए ।