निरन्तर उकालोतिर सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।