
पोखरा, ४ चैत । मुना कृषि लिमिटेड पोखराले आफ्नो स्थापनाको पहिलो वार्षिक कार्यक्रम समपन्न गरेको छ । शनिबार सृजनाचोकस्थित मुना बजारमा कृषक, गण्डकीका सेयर सदस्य, वितरक, विज्ञ तथा विभिन्न आमन्त्रित व्यक्तित्वहरुबीच आर्गानिक उत्पादन, वितरण तथा उद्यमशिलताको छलफलसहित पहिलो वार्षिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ वरालले कृषि, कृषक, वितरक तथा उपभोक्तासंग जोडिने कुरा निकै महत्वको भएको बताए । हामीले बाहिरबाट आयात गरेर खाँदा स्वस्थ खान पाईरहेका छैनौ । उनले भने, आयातलाई कम गर्न र यहीं उत्पादन भएका कृषि उपजहरुको उपभोग गर्न सके सबैलाई फाईदा हुने बताए ।
आयात गरेर आउने कृषि उपज स्वच्छ तथा स्वस्थ नभएको बताउँदै मुना बजारमा स्वस्थता तथा विषदीरहित कृषि उपजको विक्री वितरण भईरहेकोमा खुसि व्यक्त गरे । सो अवसरमा उनले वडामा १५ सय बढीलाई मल बनाउन सिप सिकाएको, गड्यौला उत्पादन र कौसि खेतीमा जोड दिएको बताए ।

अध्यक्ष वरालले पोखरा सिर्जना चोकमा रहेर यहाँको कृषि उत्पादनको वजारीकरणमा लागेको मुना बजारको लागि आईपरेको बेलामा आवश्यक कामहरु, सिफारीसहरु आँखा चिम्लेर गर्ने गरेको बताए । उनले आगामी दिनहरुमा मुना बजारका अन्य शाखाहरु बिस्तार भएर किसान तथा उपभोक्ताले उचित मूल्य र स्वस्थता पाउने आशा व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले कृषि कर्म आफ्नो सभ्यता, संस्कार, संस्कृति अनि उद्यमशिलतासंग जोडिएको बताए ।
अध्यक्ष गुरुङले भने, हाम्रो उदेश्य उद्योगि बन्ने, बनाउने र उद्यमशिलताको विकाससंगै आफ्नै देशका उत्पादनको वजारिकरण, प्रवर्धन र किसानलाई उचित मूल्य होस् भनेर पनि हो । उनले छिट्टै कोल्ड स्टोर राख्न लागेकोले यसले थप सेवा दिने मौका प्राप्त हुने बताए । उनले स्टोरमा २ हजार बढी प्रकारका बस्तुहरु रहेको बताए । मुना बजारमा देशका ६८ जिल्लाको सामान बेचिरहदा सबै क्षेत्रसंग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यवसायीक नाता गाँसिएको बताए ।

बोर्ड निर्देशक हितमान गुरुङले मुना बजार पोखरेलीको लागि आएको बताए । उनले भने, यहाँ कृषकले उत्पादन गरेको विषादी प्रयोग नभएको गुणस्तरीय उत्पदान उपभोग गराउन आएको हो । हामीले गुणस्तरमा ध्यान दिएका छौं ।
निर्देशक गुरुङले भने, गुणस्तर जाँचका लागि डाक्टरसंग पनि समन्वय भईरहेको छ । उनले पोखराका अन्य स्थानमा पनि शाखा बिस्तार गर्न चाहेको बताए । उनले सो अवसरमा भने, हामी सबै मिलेर यसलाई एउटा मोडेलको रुपमा विकास गरौं ।
सीताके च्याउका उत्पादक मीना गुरुङले मुना बजार पोखरामा आउने कुरा भएपछि पोखरेलीको लागि आवश्यक छ भनेर सल्लाह दिएको स्मरण गरिन् । उनले आफुहरु स्थापनाकाल देखिनै मुनासंग साथमै रहेको बताईन । उनले मुनाले देशभरकै स्थानिय उत्पादनहरु ल्याएर बिक्री गर्ने, बिचौलियाबिना स्थानिय उत्पादनको मूल्य किसानले पाउने परिपाटी बसालेकोमा खुसि व्यक्त गरिन ।
गण्डकीमा रहेका १८ जना प्रोमोटरहरुमध्ये एक हुन कर्णेल कृष्ण बहादुर थापा । थापाले स्थापनाकालमा आएर मुना बजारको अवलोकन गरेको र त्यसबाट प्रभावित भएर आफु पनि मुनासंग प्रोमोटरको रुपमा जोडिएको बताए । थापाले स्थानिय उत्पादनमा जोड दिनुपर्ने, उपभोक्ताले स्वस्थ कृषि उपजको उपभाेग गर्न पाउनु पर्ने बताउँदै पारदर्शितालाई ख्याल गर्न आग्रह गरे।
चिउले पार्चे तमु समाजका अध्यक्ष समसेर गुरुङले मुना बजारमा आर्गानिक बस्तुहरु र ति बस्तु गुणस्तरीय रहेको आफुले पाएको बताए । उनले पोखरामा आवश्यक ठानिएका अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्न अनुरोध गरे ।
निर्देशक रीता बस्तोकोटीले हाम्रो कृषि ससाना किसानले धानेको क्षेत्र भएको बताउँदै उनीहरुले सम्मान र मूल्य पाउनु पर्ने बताईन । नेपाली उत्पादनको लागि मुनाले काम गर्न सक्छ भन्ने लागेर हामी जोडिएका हौं । उनले भनिन्, विषादीरहित उत्पादनहरु लिएर अब मुना चोक चोकमा जानू पर्छ । उनले सरकारले पनि मुना बजारलाई सकारात्मक रुमा हेरेको र सहकार्य गरेको बताईन् ।
मुना बजारका सुपरिवेक्षक विष्णु भण्डारीले किसानलाई उचित मूल्य तथा उपभोक्ताका लागि स्वस्थ खाना खुवाउन मुना बजारले गरेको प्रयास राम्रो भएको बताए । उनले भने, एउटा कुरा ख्याल गर्नुहोला त्यो हो संस्था बने त्यसको जस लिनु पर्छ र बिग्रिए जिम्मेवारी पनि बहन गर्नुपर्छ ।
मुना कृषि लिमिटेडका मुख्य प्रवन्धक सीता पाण्डेले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता मुना कृषि लिमिटेड पोखरा व्यवश्थापन समितिका अध्यक्ष तुलसिराम कँडेलले गरेका थिए ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




