सुनचाँदीको भाउ उल्लेख्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     चैत्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ उल्लेख्य बढेको छ । आज छापावाल सुनमा २ हजार ९ सय रुपैयाँ तथा चाँदीमा ३५ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा २ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि २ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज ३५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।