प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

-



     सफल आवाज    
     चैत्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ चैत । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक थोरै अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार यो परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको थियो । आजको प्रि ओपन सेसनमा भने नेप्से‍ ०.०८ अंक घटेर १९३३.२३ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.१२ अंकले गिरावट आएको छ ।

आज आइतबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको २ लाख ३ हजार ७८९ रुपैयाँ बराबरको ४०२ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । आज यो सेसनमा कुनै स्टकको मूल्य स्थिर बसेको छैन ।