कर्मचारीमा संक्रमण देखिएपछि पाेखरा वडा १७ काे सेवा बन्द

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



पोखरा, २१ कात्तिक । पोखरा महानगरपालिका वडा नं १७ का सेवा कात्तिक २३ देखि अनिश्चितकाल सम्मका लागि स्थगित गरिएको छ ।

वडा कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकोले समुदायमा फैलिन सक्ने अवस्थालाई मध्येनजर गर्दै अर्को सूचना नहुँदासम्मको लागि सेवा प्रवाह स्थगित गरिएको वडा अध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिएका छन् ।