यस्ताे छ साेमबार विदेशी मुद्राकाे विनिमय दर

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकद्वारा आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा बिक्रीदर १३२.३९ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७८ पैसा रहेको छ

आजको मूल्यसूची यहाँ छ