सुन र चाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । हिजो उल्लेख्‍य बढेको सुनको भाउ आज केही घटेको हो । आज छापावाल सुनमा ७ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँको कीर्तिमानी भाउमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।