
काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे जनाएकाे छ । राष्ट्र बैंकले २८ दिनकाे, ९१ दिनकाे, १८२ दिनकाे तथा ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्ने भएकाे हो ।
यसका लागि आज अपरान्ह ३ बजे बोलकबोल हुँदैछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको छ। यो ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुने भएकाे छ ।
यस्तै ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गरिने भएकाे छ । यो ट्रेजरी बिल २०८० असार ५ गते परिपक्व हुने भएकाे छ । अर्काे १८२ दिनको लागि रहेकाे छ । याे ४ र्अ ३० करोड रुपैयाँको रहेकाे छ। यो ट्रेजरी २०८० असोज २ गते परिपक्व हुने भएकाे छ । अर्काे १ वर्षे अथवा ३६४ दिनको लागि रहेकाे छ । याे बिल ९ अर्ब रुपैयाँ बराबरको रहेकाे छ । यो ट्रेजरी बिल २०८० चैत ६ गते परिपक्व हुने भएकाे छ ।
यसमा सहभागि हुनका लागि व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने भएकाे छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएकाे छ । यसमा बढी मूल्य तोक्नेलाई प्राथमिकतामा राखेर बाँडफाँड गरिन्छ ।
ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




