५ प्रतिशतले कमी भयो ग्याँस खपत

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । खाना पकाउने एलपीजी ग्याँसको खपतमा गत आर्थिक वर्ष भन्दा ५ प्रतिशत कमी आएको छ । नेपाल आयल निगमले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा अर्थात साउनदेखि माघसम्म २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँस खपत भएको छ ।

तर गत आर्थिक वर्षको ७ महिनामा ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । अर्थात यो वर्ष ५ प्रतिशतले ग्याँको खपतमा कमि आएको हो ।

विगतका वर्षहरुमा वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको तर यो वर्ष ग्याँसको खपत घटेको निगमको तथ्याङ्कमा देखिन्छ ।