नेपालमा थपिए २९०९ संक्रमित, ४५०० निको

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । नेपालमा गएको २४ घण्टामा २ हजार ९०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित कुल संक्रमित संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

गएको २४ घण्टामा ४ हजार ५ सय जना निको भए । हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ९ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ पुगेको छ ।

संक्रमितमध्ये १ हजार ७० जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ ।