मिथिला लघुवित्तको नाफा २४२.५२ प्रतिशत बढ्याे

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमास खुद नाफा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले कमाएको नाफा अघिल्लो वर्षको भन्दा २४२.५२ प्रतिशत बढी भएको जनाईएको छ । खुद ब्याज आम्दानी बढेपछि सञ्चालन आम्दानी पनि बढेको र निष्किृय कर्जा घटेकोले खुद नाफामा सुधार आएको हो । संस्थाको खुद ब्याज आम्दानी ६७ लाख ९५ हजार रुपैयाँ बढेको छ । योसहित खुद नाफा बढेर २ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तकाे समिक्षा अवधिमा सञ्चालन आम्दानी ६९ लाख रुपैयाँबाट बढेर १ करोड १६ लाख पुगेको छ । सञ्चालन मुनाफा ७१ लख ८४ हजार बाट बढेर २ करोड १५ लाख पुगेको छ । लघुवित्तको निष्किृय कर्जा भने १.१४ प्रतिशत बाट घटेर १.३८ प्रतिशतमा झरेको छ ।

यस्तै, लघुवित्तको असोजसम्म प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा रहेको छ । प्रतिशेयर कुल मूल्य १६९ रुपैयाँ ४७ पैसा र आम्दानी औषत १४.३३ गुणा कायम भएको जनाईएको छ । संस्थाको १२ करोड १७ लाख ४० हजार चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा ८ करोड ४५ लाख ६७ हजार रहेको छ ।