राष्ट्र बैंकको अव्यवहारिक निर्णयले ब्याजदर बढ्यो : उमेशलाल श्रेष्ठ

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठकाडौं, ७ चैत । नेपाल राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण ब्याजदर बढेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ बताउछन् । श्रेष्ठले उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्थाले गर्दा हामी मारमा परेका छौ ।’

अब सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

पछिल्लो समय उद्योगी व्यवसायीको ब्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको श्रेष्ठको भनाई छ ।

‘उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरण गर्नुपर्छ’, उनी भन्छन् ।