नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ चैत । नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अशोक शेरचन चयन भएका छन् । २६ सदस्यीय कार्यसमिति अध्यक्षमा शेरचन सर्वसम्मत चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा भने दिवस अमात्य चयन भएका छन् । उपाध्यक्षमा कुमार कार्की र निमानुरु शेपा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमना श्रेष्ठ, सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।

त्यस्तै कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डेसमेत सदस्यमा चयन भएका छन् ।