ठूलो मात्रामा रोजगारी गुम्नु आर्थिक मन्दीको स्पष्ट सूचक हो : अध्यक्ष गोल्छा

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ चैत । ठूलो मात्रामा रोजगारी गुम्नु आर्थिक मन्दीको स्पष्ट सूचक भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

आज (मंगलबार) महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
‘औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा ठूलो मात्रामा रोजगारी गुमिरहेको छ’, उनले भने, ‘यो आर्थिक मन्दीको स्पष्ट सूचक हो ।’

गोल्छाले मन्तव्यको क्रममा विभिन्न परिसूचकले अर्थतन्त्र सुधार भएको देखाएतापनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । अब वितरण मुखी माइन्ड सेटबाट बाहिर निस्कनुपर्ने उनको भनाई छ ।

भौतिक पूर्वाधारमा खर्च गर्ने, खर्च गर्ने क्षमता बढाउने र मानसिकतामा पनि परिवर्तन गर्नेतफ जोडदिन उनले आग्रह समेत गरेका छन् ।