
काठमाडौं, ८ चैत । सगरमाथा जलविद्युत कम्पनीले आजबाट सर्वसाधारणका लागि सेयर आईपीओ निष्काशन गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।
कम्पनीका अनुसार जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशनका लागि राखिएकाे थियाे।
साे सेयरबाट ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक राेजगारमा रहेका नेपालीहरुका बाँडफाँड भइसकेकाे छ । २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका रहेकाे छ । १ लाख ३१ हजार ४० कित्ता सेयर भने कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सेयर लगानीकर्ताले घरटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा चैत २२ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




