
काठमाडौं, ८ चैत । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटलकाे नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले अफ्नो ११औँ शाखाको रुपमा पाेखरामा होटल पौवा ल्याएको हो ।
उक्त होटल १० करोडमा निर्माण भएकाे पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जनानकारी दिएका छन ।
बगैंचासहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठाहरू वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
होटलमा दुई वटा सेमिनार हल र कन्फरेन्स हल रहेका छन् । होटलमा १ हजार भन्दा बढी क्षमताको ‘फेवा हल’ रहेको पनि कम्पनीले जनाएको छ ।
होटलको औपचारिक उद्घाटन भने आगामी १० गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्ने तयारी भएको हाेटल ब्यवस्थापनले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




