माई खोला हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ फागुन । माई खोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनता र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीका अनुसार ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजनाबाट प्रभावित ईलामका जनताका जारि गरेकाे हो।

यस्तै १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगार गरिरहेका नेपालीहरुका लागि रहेकाे छ।

सेयर लगानीकर्ताले यसका लागि घटीमा १० अर्थात आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। उता वैदेशिक रोजगारीमा रहेकाहरुले ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानिय लगानीकर्ताले प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै प्रभु क्यापिटलकाे अनलाईनबाट आवेदन दिन पाइनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।