कुमारी सुनौलो लगानी योजना इकाईमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ चैत। कुमारी क्यापिटलले आजदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन गरेकाे छ । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यकाे १० करोड इकाई निष्काशन गरिएकाे छ ।

यसमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनबाट बिक्री गरिने जनाइएकाे छ । बाँकी ५ करोड इकाई योजना व्यवस्थापकद्वारा तोकिएकाे वितरकबाट खरिद बिक्री हुने भएकाे छ।

कोष प्रबर्धक कुमारी बैंक लिमिटेडका लागि क्यापिलले १ करोड ५० लाख इकाई छुट्याएको छ। इच्छुक लगानीकर्ताले ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्ननेछन् । साे मितिसम्म पूरा आवेदन परेमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि घटीमा १०० तथा बढीमा ५० लाख इकाईका लागि आवेदन दिन पाइनेछ ।

याेजनामा लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।