छिमेक लघुवित्तकाे साधारण सभाबाट आज लाभांश पारित हुँदै

-



     सफल आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० चैत । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ । साधारण सभा सभा मकवानपुरमा रहेकाे होटल सामनामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

संस्थाको साधारण सभाबाट आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । जसमा २२ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनका लागि ३.२६ प्रतिशत नगदसहित २५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव रहेकाे छ ।

साधारण सभालाइ मध्यनजर गर्दै संस्थाले फागुन २५ गतेदेखि नै बुक क्लोज गरेकाे थियाे । सभामा फागुन २३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु सहभािग हुन पाउनेछन् । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सानीकाे हिसाब र नगद प्रवाह लगायतका विषयमाथि छलफल गरी पारित गरिने भएकाे छ ।