नेपालमा ५६ लाख ५५ हजार ५१२ जनाले खाेले डिम्याट खाता

-



     सफल आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० चैत । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५६ लाख ५५ हजार ५१२ पुगेकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा २० लाख ३७ हजार ४२३ रहेकाेमा आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख ५७ हजार ५२५ वटा नयाँ डिम्याट खाता खुलेको सीडीएसले जनाएको छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ लाख ६ हजार ५३० वटा नयाँ खाता खुलेको सीडीएसको तथ्याङ्कमा उल्लेख गरिएकाे छ । याे अबधिमा ६७ हजार ३१८ जनाकाे खाता बन्द तथा बन्द गर्ने प्रक्रियामा रहेकाे छ।

डिम्याट खाता खोल्नेको संख्या बढेसँगै दैनिक कारोबार संख्यामा पनि वृद्धि हुँदै गएको छ । अहिले दोस्रो बजारमा दैनिक २० हजारभन्दा बढीले कारोबार गर्ने गरेका छन् । तर तीन/चार वर्ष पहिलेसम्म ४/५ हजारको हाराहारीले मात्र कारोबार गर्ने गरेका थिए ।