
काठमाडौं, १० चैत। पछिल्लाे समय शेयरबजार सकारात्मक लयमा जान सकिरहेकाे छैन । तर बजारमा लगानीकर्ताहरूकाे संख्या भने उल्लेख्य बृद्दी भइरहेकाे तथ्याङ्कले देखाउछ। कुनै समय सम्पुर्ण विश्व कोरोनाबाट ग्रसित हुँदा शेयरबजारमा भने उत्साह देखिएकाे थियाे। कोरोनाका कारण प्राय सम्पुर्ण क्षेत्रमा घाटा हुँदा शेयरबजारलाई भने फाईदा नै भएको देखिन्थ्याे।
कोरोनाकाल यता शेयरबजारमा लगानी गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाइएकाे छ। अहिले शेयरबजारमा ५६ लाख ५५ हजार ५१२ जना व्यक्तिको डिम्याट खाता संचालनमा छ । अर्थात १९ दशमलब ३९ प्रतिशत नेपाली शेयर बजारमा आबद्ध छन् ।
शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको धेरै समय भने भएको छैन । आर्थिक वर्ष २०७६-०७७ मा जम्मा १७ लाख ५४ हजार ३४ जना शेयरबजारमा आबद्ध थिए । त्यसयता शेयरबजारमा लगानीकर्ताको सहभागिता सोचेभन्दा धेरै बढेको सीडीएसको तथ्याङ्कले देखाउछ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७-०७८ मा मात्रै २० लाख ३७ हजार ४२३ जना लागनीकर्ता थपिए । जुनबेला कोरोना महामारीले व्यापक रुप लिएको समय थियो । आर्थिक वर्ष २०७८-०८९ मा मात्र १५ लाख ५७ हजार ५२५ जना लगानीकर्ता थपिएकाे तथ्याङ्कले देखाउछ । त्यसबेला पनि कोरोनाको भए सकिएको भने थिएन ।
दैनिक कोरोना संक्रमितको संख्या उतिकै थियो । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्र ३ लाख ६ हजार ५३० जना लगानीकर्ता शेयर बजारमा थपिएका छन् ।
आव २०७७-०७८ यता ३९ लाख १ हजार ४७८ जना लगानीकर्ता शेयरबजारमा थपिएका छन् । यसरी शेयर बजारमा लगानीकर्ता बढ्नुमा जनचेतनाले गर्दा बृद्धि भएको लगानीकर्ताहरुको भनाई छ ।
पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल अन्य काम गरेर पनि शेयर बजारमा लगानी गर्न सकिने भएकाले लगानीकर्ता बढेको बताउछिन् । ‘अरू व्यवसाय जस्तो शेयरमा पुरै समय दिएर लाग्नु पदैन’, उनी भन्छिन्, ‘अन्य व्यवसाय गरेर फुर्सदकाे समयमा वा आफ्नो दैनिक काम सकेर लगानी गर्दा हुन्छ त्यही भएर शेयरमा आकर्षण बढेको हो ।’

आईपीओ थाेरै पैसामा पनि भर्न सकिने भएकाले अन्य काम नगर्ने गृहणी महिलाहरु पनि शेयर बजारमा आएको पोखरेलको भनाई छ । ‘थाेरै पैसा भएका महिलाहरु पनि यसतर्फ आकर्षित भएका छन्’, उनले भनिन्, ‘दोस्रो बजारको बारेमा नजाने पनि आईपीओ भर्दा केही ज्ञान बढ्छ भन्ने हिसाबले पनि लागेका छन्’ ।
पत्रपत्रिकामा शेयर बजारको विषयमा दैनिक रुपमा प्राथमिकताका साथ दिएको समाचारका कारण पनि शेयर बजारमा लगानी बढेको उनको तर्क छ । ‘दैनिक रुपमा शेयर बजारको विषयमा समाचारहरु आएका हुन्छन् त्यसले के रहेछ भनेर मान्छेले बुझ्न खोज्छन्’, उनले भनिन्, ‘बुझिसकेपछि शेयरबजार राम्रो रहेछ भनेर मान्छे शेयर बजारमा लागेका हुन् ।’
बजारमा धेरै भन्दा धेरै व्यक्ति आबद्ध हुनुपर्छ भनेर लगानीकर्ता संघले काम गरेको कारणले पनि शेयरबजारमा आबद्ध व्यक्तिको संख्या बढेको पोखरेलको दाबी छ ।
‘म आफैपनि ३ वर्षको अवधिमा शेयर बजारको बारेमा बुझाउन ४३ जिल्ला पुगेको छु’, पोखरेलले भनिन्, ‘हामीले पनि लगानीकर्ताहरुलाई जनचेतनामुलक कार्यक्रम गरिरहेका छौँ, त्यसले पनि बजारमा आबद्ध हुनेको संख्या बढाएको छ ।’








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




