
काठमाडौं, १२ चैत । सगरमाथा जलविद्युत कम्पनीकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगाररमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ ।
कम्पनीले ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता छुट्याएको थियो। यसबाट ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी सकेकाे छ ।
२ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि राखिएकाे छ। १ लाख ३१ हजार ४० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सेयरमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




