
काठमाडौं, १३ चैत । सिटि होटल लिमिटेडले चैत २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारमा रहेका नेपालीहरुकाे लागि सेयर बिक्रीमा ल्याउन लागेकाे हाे।
कम्पनीले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। यसमा १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि रहेकाे छ।
८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ भने ६६ हजार ९६० कित्ता कर्मचारीहका लागि रहेकाे छ। सेयरमा सर्वसाधारण लगानीकर्ताले १३ लाख ५५ हजार ९४० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेकाहरुले कम्पनीको चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन्। त्यसैगरी, सर्वसाधारण लगानीकर्ताले २०८० साल वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे निवेदन पेश नभएमा जेठ ८ गतेसम्म आवेदन दिन पाइनेछ। सेयरमा घटीमा १० तथा बढीमा २ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
सेयमा लगानीका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरु र मरो सेयर अनलाइनबाट आवेदन दिन सकिने छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




