नेप्सेमा दोहोरो अंकको बृद्धि, १ अर्ब ३८ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक लयमा देखिएको छ । सेयर बजारमा आएको सकारात्मक प्रभावको कारण लगानीकर्ता उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा रहेको छ ।

यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४३ लाख ८ हजार ६४५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये एउटा बाहेक सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । आज कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ९० लाख ८० हजार ७६३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।