
पाेखरा, १२ चैत । नेपाल स्टक हाउस प्रा.लि. (स्टक ब्रोकर नम्बर १४) ले पोखरामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर लगानीकर्ता शिक्षा, सचेतना तथा तालिम सम्पन्न गरेको छ।
नेपाल स्टक हाउस प्रा.लि. ब्रोकर नम्बर १४ का कार्यकारी अध्यक्ष ईश्वरिप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य प्रमुख अतिथि तथा विशेष अतिथिहरुमा नेपाल धितोपत्र बोर्डका निर्देशक शिलु प्रधान, सिडिएस एन्ड क्लियरिङ लि.का बरिष्ठ आइटी अधिकृत दौलत कुमार राजबंशी, गण्डकी इन्भेस्टर फोरमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, उपभोक्ता मंच कास्कीका अध्यक्ष इ. राजेन्द्र लिगल, सिवाइसि लघुबित्तका संचालक युक्त बहादुर सुवेदी रहेका थिए ।
कार्यक्रममा विभिन्न सन्चारगृह, संस्थाका प्रतिनिधि तथा २०० भन्दा धेरै शेयर लगानीकर्ताहरुको उपस्थिति रहेको थियो। नेपाल स्टक हाउसले पोखरामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि लगानीकर्ताहरुका लागि सचेतना तथा तालिम कार्यक्रमहरु गर्दै आइरहेको छ।

पोखरामा पहिलो पटक आफ्नो शाखा कार्यालय स्थापना गरेको नेपाल स्टक हाउसले लगानीकर्ताहरुलाइ सन्तुष्ट हुने किसिमले आफ्नो सेवा दिइरहेको र कसरी ग्राहकहरुलाइ अझ सरल र सहज सेवा दिन सकिन्छ भनेर दैनिक रूपमा क्रियाशिल रहेकाे पोखरा शाखा प्रमुख गोकुल रिमालले बताए ।
उपत्यका बाहिर रहेर पनि आफ्नो उच्च सेवा र कारोबार गरेर ब्रोकर १४ ले धेरै लगानीकर्ताको मन जितेको प्रष्ट देखिन्छ। हामिले केही लगानीकर्ताहरुलाइ नेपाल स्टक हाउसले दिने सेवा र सुबिधाको बारेमा सोधपुछ गर्दा सबैजसो लगानीकर्ता सन्तुष्ट रहेको प्रतिक्रिया दिए।
लगानीकर्ता शिक्षा सचेतना तथा तालिम कार्यक्रममा लगानी कर्ताहरुको बाक्लो उपस्थितिले पनि स्टक हाउसप्रती धेरैको बिश्वास रहेकाे देखिन्थ्याे ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल स्टक हाउस प्रा.लि नुवाकोट बट्टार शाखा प्रमुख सुदिप अर्यालले गरेका थिए । धन्यवाद ज्ञापन नेपाल स्टक हाउस प्रा.लि.का कार्यकारी अध्यक्ष तथा संचालक ईश्वरी प्रसाद रिमालले गरेका थिए भने कार्यक्रमकाे संचालन नेपाल स्टक हाउस पोखरा शाखा प्रमुख गोकुल रिमालले गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




