राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण, आज कुनको भाउ कति ?

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार

भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा बिक्रीदर १३२.१० पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १३ पैसा रहेको छ ।

मंगलबार आजको मूल्यसूची यहाँ छ