
काठमाडौं, १४ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ । लाभांश पारित गर्न संस्थाको साधारण सभा होटल जुगल धुलिखेल काभ्रेमा बाेलाइएकाे हाे । सभा दिँउसो १ बजे बाेलाइएकाे छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गरिने भएकाे छ । सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
नयाँ सारथीकाे साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव हुनेछ । यसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश रहेकाे छ ।
सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिने छ । लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने छ । यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारत गरिने भएकाे छ ।
सभाले नयाँ सारथी र विजय लघुवित्तबीच मर्जरकाे कार्य गर्नका लागि त्यस्काे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावलाइ अनुमाेदन गर्नेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




