रु १ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउका रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर तोलाको रुपैयाँ १ दाख ७ हजार ५ सयमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ८ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।