काठमाडौं, १४ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबारमा समेत केहि सुधार भएको छ । नेप्सेमा आएको सुधारको दृश्यले लगानीकर्तामा खुसि छाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा चढेको छ । नेप्सेमा ०.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१अंकले बढेर ३६०.४४ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । १० वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
यसदिन २५८ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४० लाख ७७ हजार ७७८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड १५ लाख १३ हजार २५३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ३.१७ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




