यस्ताे छ बुधबारकाे विदेशी मुद्राकाे विनिमय दर

-



     सफल आवाज    
     चैत्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले बुधबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा बिक्रीदर १३१।८१ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ