
काठमाडौं, १५ चैत । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन गरिने भएकाे हो।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर जारि गर्न लागेको छ। यसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारमा गएका नेपाली र कर्मचारीहरुकाे लागि वितरण भइसकेकाे छ ।
यस्तै ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। बाँकी रहेकाे १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सेयरमा घटीमा १० तथा बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।
सेयरमा लगानीकर्ताले चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने भएकाे छ।
कम्पनीले ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको । यसकाे लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने विद्युत उत्पादन अनुमति २५ वर्ष रहेकाे छ।
लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




