घट्यो सुनको भाउ, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख ८ हजार ५ रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।