प्रि ओपन सेसन : नेप्सेमा सामान्य सुधार

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौंं, १५ चैत । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार नेप्सेकाे प्रि ओपन सेसनमा सामान्य सुधार देखिएकाे छ । नेप्से परिसूचक ०.५८ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १९२०.०१ विन्दुमा पुगेकाे छ।

याे अवधिमा ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ। १२ वटा कम्पनीहरुको ६९१ कित्ता सेयरकाे काराेबार भएकाे छ ।

जम्मा २२ वटा कम्पनीकाे कारोबार भएकोमा ७ कम्पनीको भाउ बढेकाे छ ।