
काठमाडौं, १६ चैत । कृषिलाई पर्यटन तथा समृद्धिका लागि जोड्न नेपालको कृषि, जैविक बिबिधता र घरेलु पर्यटन क्षेत्रमा लामो समय बिज्ञता र अनुभव राख्ने अग्रजहरुसँगको केही महिनाको सहकार्य तथा निरन्तर सम्बाद र प्रयासले आज मुना कृषिले आतिथ्यता गरेको कार्यक्रमबाट अभियानलाई मूर्तता दिन एक तह अघि बढेको महसुश भएको मुना कृषिले जानकारी गराएकाे छ ।
मुख्य व्यवश्थापक सीता पाण्डेका अनुसार रैथाने तथा स्थानिय कृषि उपजहरुसँग जोडिएका अनगिन्ती प्रयासहरुलाई सिधै पर्यटनसँग जोडेर समृद्धि प्राप्तिका लागि लामो यात्रा तय गरेका दुई दर्जन अभियान्ताहरुको साझा प्रयासलाई तिलक ढकालले नेतृत्व गरिरहेका छन् ।
यस अभियानमा खाद्य बैक, ग्याष्ट्रोनोमी टुरिज्म, कलीनरी सेफ ग्रुप, सबा नेपाल, रैथाने एग्रो लगायत मुना पनि सगाैरब जोडिएको जनाइएकाे छ । आजको बैठकले कृषि पर्यटन अभियान Krishi Paryatan Abhiyaan-KRIPA ‘कृपा’ नामाकरण गरेको छ ।
यसैबीच मुनाले सामुदायिक पर्यटनका लागि स्थानिय रैथाने कृषि प्रबर्द्दन गर्दै समृद्धिकाे यात्रा तय गर्न लामबद्ध संस्थागत अभियान्ताहरुको साझा प्रयास ‘कृपा’ अभियानका सम्पूर्ण सहकर्मिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




